काठमाडौं । हिजो दोहोरो अंकले करेक्सन आएको शेयर बजार आज पुनः दोहोरो अंकले उकालो लागेको छ ।
उतार चढावका बीच बजार परिसूचक नेप्से करिब १२ अंकले उकालो लागेर २६ सय २४ पुग्दा साढे ५ अर्बको कारोबार भयो ।
लगानी र अन्य समूह बाहेक अरु सबै समूह उकालो लागे । जीवन बीमा समूहमा सबैभन्दा उच्च १ प्रतिशतको बृद्धि आउँदा बाँकी सामान्य दरले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ३९ स्टकको १ करोड ३६ लाख कित्ता शेयर ५ अर्ब ५० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यससमध्ये १ सय ७७ स्टकको मूल्य बढ्दा ८५ को घट्यो । यसदिन धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १२ प्रतिशत बढी कमाउँदा सिद्धार्थ बैंकको सबैभन्दा उच्च ३३ करोडको शेयर किनबेच भयो ।










प्रतिक्रिया दिनुहोस्