Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


गणेशमान सिंहको सम्झनामा प्रभातफेरी


0
Shares

काठमाडौं । २९ औं जनआन्दोलन दिवस तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सम्झनामा आज काठमाडौंमा प्रभातफेरी निकालिएको छ । 

वीर गणेशमान सिंह फाउण्डेसनले आयोजना गरेको प्रभातफेरी वसन्तपुरबाट न्यूरोड, वीर हस्पिटल, रत्नपार्क, दरबारमार्ग, पुरानो बसपार्क, भद्रकाली, सहिदगेट हुँदै पुनः वसन्तपुरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा गणेशमान सिंहका पुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेता नविन्द्रराज जोशीलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमानसिंहको योगदानको चर्चा गरे ।

उनीहरुले गणेशमान सिंहले लिएको विचार अहिले पनि सान्दर्भिक भएको भन्दै उनको बिचार सबै राजनीतिक दलका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए ।