Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


महिला संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी


0
Shares

काठमाडौं, भदौ ३१ । नेपाल महिला संघको तेस्रो महाधिवेशनको मतदान कार्य जारी छ ।

निर्वाचन समितिले शुक्रबार बिहान ९ः३० बजेदेखि निर्वाचन गराउने तयारी गरेपनि प्राविधिक कारणले साढे दुईघन्टा ढिला सुरु भएको सचिवालय निर्देशक सूर्य संग्रौलाले राससलाई जानकारी दिए ।

तेस्रो महाधिवेशनमा ५३ पदका लागि १२६ जनाको उम्मेदवारी परेको संग्रौलाले बताए ।

निर्वाचनमा अध्यक्ष एक पदका लागि दुई, महासचिव एक पदका लागि दुई, कोषाध्यक्ष एक पदका लागि दुई, खुल्ला केन्द्रीय सदस्य २२ पदका लागि ४७, जनजाति तीन पदका लागि ११, मधेसी तीन पदका लागि सात र मुस्लिम एक पदका लागि तीनजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, अध्यक्षमा मीना पाण्डे र उमा रेग्मी, महासचिवमा गोमा केसी र धना खतिवडा तथा कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंह प्रतिस्पर्धामा छन् ।

महाधिवेशनमा दुई हजार ११४ प्रतिनिधिले भाग लिएका छन् । रासस

Skip This