
फाइल फोटो
काठमाडौं, भदौ ३१ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य घटाएको छ ।
दसैं–तिहारलगायत पर्वमा खासगरी पहाडी भेगमा सस्तो यात्रा होस् भन्ने उद्देश्यले हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द खनालले राससलाई जानकारी दिए ।
उनकाअनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियमा प्रतिहजार लिटर ५० अमेरिकी डलर मूल्य घटाइएको छ ।
निगमले करिब दुई साताअघि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु ५० घटाएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने निगमले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्