Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चिनी उद्योगीले झुक्याए : प्रधानमन्त्री


0
Shares

काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले आफूलाई झुक्याएको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १६ औं साधारणसभाको अवसरमा प्रधानमन्त्री ओलीले निजी क्षेत्र जिम्मेवार र जवाफदेही हुनुपर्ने भन्दै चिनी उद्योगीको आग्रहलाई स्वीकार गर्दा धोका पाएको बताए ।

पाकिस्तानबाट अत्याधिक सस्तो चिनी आएर स्वदेशी चिनी बिक्री नभएको गुनासो गरेपछि चिनी आयात रोक्दा उद्योगीले चिनीको मूल्य बढाएको प्रधानमन्त्री ओलीको दावी थियो ।

‘पाकिस्तानबाट धेरै चिनी आएर समस्या प¥यो भन्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘६३ रुपैयाँमा चिनी बिकेन, ५३–५४ रुपैयाँमा बेच्न बाध्य भयौं, कहाँ राख्ने भनेपछि चिनी आयात रोक्यौं ।’ आयात रोकेपछि चिनीको मूल्य प्रतिकिलो ८५ रुपैयाँ हुँदै एक सय पाँच रुपैयाँसम्ममा बिक्री गरेको भन्दै प्रधानमन्त्रीले चिनी उद्योगीप्रति आक्रोस व्यक्त गरे । –नागरिक दैनिकबाट