२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार : अर्थमन्त्री महरा


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ ३१ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न ३१औं महाधिवेशनमा उनले निजी क्षेत्रले सरकार र सरकारले निजी क्षेत्रलाई सहयोग गरेमात्रै आर्थिक समृद्धि हासिल हुने बताए ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दुई हजार पाँच सय मिटरबाट तीन हजार मिटर बनाउन थप जग्गा अधिग्रहणको काम छिटो अघि बढाइने उनले बताए ।

पोखरामा चक्रपथ, पोखरादेखि मुस्ताङ र लुम्बिनी जोड्ने राजमार्गको स्तरोन्नतिको काम पनि छिट्टै सुरु हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले उद्योग वाणिज्य संघहरुको निर्वाचनमा राजनैतिक हस्तक्षेप हुन लागेको भन्दै दुःख व्यक्त गरे ।