इङ्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित • Image Khabar Image Khabar


इङ्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित


Imagekhabar
१ आश्विन २०७३, शनिबार १८:३२

इङ्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

काठमाडौं, असोज १ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले प्रभावशाली जित हात पारेको छ । शनिबार राति भएको खेलमा बलियो टोली चेल्सीलाई २–१ ले पराजित गर्दै लिभरपुलले दाबेदारी प्रस्तुत गरेको हो ।

खेलको १७ औं मिनेटमा लोभरेनको गोलबाट अग्रता लिएको लिभरपुलले ३६ औं मिनेटमा हेन्डरसनले गोलबाट अग्रता दोब्बर पा¥यो । हेन्डरसनले ३० यार्ड टाढाबाट लोभलाग्दो गरी गोल गरेका थिए ।

पहिलो हाफमा २–० ले पछि परेको चेल्सीका लागि ६१ औं मिनेटमा डिएगो कोष्टाले गोल गरी टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल २–१ ले लिभरपुल विजयी भयो । चेल्सी भने जारी प्रतियोगितामा पहिलो पटक हार बेहोर्न बाध्य भयो ।

प्रतियोगिताअन्तर्गत आज पाँच खेल हुँदै छन् । नेपाली समयअनुसार राति पौने ८ बजे आर्सनल र हल सिटी, लेस्टर सिटी र वर्नले, म्यानचेस्टर सिटी र वर्नमाउथ तथा वस्टब्रोम र वेस्ट ह्याम भिड्ने छन् ।

आजै राति सवा १० बजे हुने अर्को खेलमा एभरर्टनले मिडल्सब्रोको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्