२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सप्तकोशीमा डुंगा चलाउन स्थानीय प्रशासनद्वारा रोक


0
Shares

काठमाडौं, असोज ५ । पटक–पटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको हो ।

सुनसरीको श्रीलंका टापुमा शनिबार प्रकाशपुर गाविस आउँदै गरेको डुंगा दुर्घटना हुँदा नौ जना स्थानीय बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

बर्सेनि दर्जनौंको ज्यान जाने गरी सप्तकोसी नदीमा डुंगा दुर्घटना हुन थालेपछि स्थानीय प्रशासनले डुंगा सञ्चालनलाई व्यवस्थित बनाउने भएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट