
काठमाडौं, असोज ११ । साउदी अरबको जेद्धामा १८ महिनादेखि तीन नेपाली कामदार अलपत्र छन् ।
सर्लाही, ब्रह्मपुरी–८ का सोमन राउत, बेलबाजदी–३ का नथुनी साह तेली र सुनसरी, नर्सिङ–१ का करिमुदिन मियाँ अवैध रुपमा बसेबापतको करिब साढे ६ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न नसकेर अलपत्र परेका हुन् ।
अचम्म त के छ भने सर्लाहीका सोमन राउतलाई सांसद दुलारी देवीले १ लाख ३५ हजार रुपैयाँ लिएर पठाएकी हुन् ।
एमालेबाट समानुपातिक सांसद बनेकी दुलारीले आफ्ना स्वकीउ सचिव अशोककुमार मुखियालाई साक्षी राखेर २०७१ फागुन ४ गते रकम बुझेको भर्पाई फेला परेको छ ।
पछिल्लो एक महिना यता तीनै कामदार जेद्धास्थित दूतावासको सेल्टरमा बसिरहेका छन् ।
बानेश्वर, थापा गाउँमा रहेको अल नासिर ओभरसिज प्रालिमार्फत तीनै कामदार २०७१ वैशाख २८ गते साउदी पुगेका हुन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्