२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


उपचार खर्चका नाममा कार्यकर्तालाई राज्यकोषबाट पैसा बाँडियो


0
Shares

काठमाडौं, असोज १४ । सरकारले राज्यको ढुकुटीबाट आफूनिकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ ।

असोज २ को मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रनिकट ४४ कार्यकर्तालाई ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बाँडिएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतअनुसार त्यस दिन आर्थिक सहायताका नाउँमा एक करोड रुपैयाँभन्दा बढी रकम बाँडिएको थियो ।

यसअघि पूर्वराष्ट्रपति रामवरण यादवको उपचारका लागि ६० लाख रुपैयाँ उपचार खर्च र उनकी छोरीलाई कुटनीतिक राहदानी दिलाएकोमा पुष्पकमल दाहाल सरकारको आलोचना भएको थियो ।

सरकारले विना मापदण्ड नेता, पहुँचवाला व्यक्ति र कार्यकर्तालाई रकम बाँड्ने गरेको भन्दै कार्यविधि बनाएर मात्रै सहायता वितरण गर्न व्यवस्थापिका संसदको अर्थ समितिले दिएको निर्देशनसमेत मन्त्रिपरिषदले उल्लंघन गरेको छ । कार्यविधि बनाउन महिनौंअघि दिएको निर्देशनसमेत सरकारले अहिलेसम्म पालना गरेको छैन । –नागरिक दैनिकबाट