
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले ग्रामीण भेगबाट १६ थान अवैध भरुवा बन्दुक संकलन गरेको छ ।
कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत एउटै गाउँपालिकाबाट भरुवा बन्दुक संकलन गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिकामा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरि भरुवा बन्दुक संकलन गरिएको हो ।
गृह मन्त्रालयले व्यक्ति विशेषले राखेका अवैध हतियार २०७६ बैशाख ५ गतेसम्म बुझाउन सार्वजनिक सूचना जारी गरेपछी स्थानीयले लुकाएर राखेका भरुवा वन्दुक प्रशासनलाई बुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्