काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको तनहुँ शुक्लागण्डकी नगरपालिकाको नगर सभापतिमा नारायण प्रोखेल सर्वसम्मत बिजयी भएका छन् ।
तनहुँको शुक्लागण्डकीमा सम्पन्न युनियनको पहिलो अधिवेशनबाट पोखरेलको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपसभापतिमा शिवराज घिमिरे, देवि न्यौपाने, सचिवमा राधिका गौतम, कोषाध्यक्षमा प्रदीप मल्ल,सहसचिवमा सुनिल पाठक र सदस्यहरुमा दण्ड बहादुर केसी, नवराज बस्ताकोटी, सुरेन्द्र कुमार ठाकुर, गीता कार्की, खड्क वहादुर वि।क।, सिता गिरी, धर्मेन्द्र पट्टेल निर्वाचित भए ।
नवनिर्वाचित सभापति पोख्रेलले आफूलाई यति ठृलो जिम्मेबारी दिएकोमा सबैप्रति आभार प्रकट गर्दै श्रमिकको हक हितका लागि आफू सदैव लड्ने र सबैलाई मिलाएर अगाडी वढ्ने बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सम्पूर्ण श्रमिकहरुको आवाजलाई बुलन्द गर्न सफल होस् भनी शुभकामना व्यक्त गरे ।
आफ्नो नगर क्षेत्र भित्र युनियनले उठाएका मागहरुलाई सम्बोधन गर्न कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्