
फिदिम, असोज १६ । पाँचथरको नाँगी–७ मा आइतबार अपराह्न भएको सवारी दुर्घटनामा परेर ९ जना घाईते भएका छन् ।
विर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे१ज १९६३ नम्बरको जिप बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ताप्लेजुङ तेल्लोक–६ बस्ने ४६ वर्षीया धनमाया भट्टराई, सोही स्थानका ३१ वर्षीय भीमप्रसाद गौतमको अवस्था गम्भीर रहेको छ ।
उनीहरुलाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्