
रसुवा, असोज १६ । रसुवाका भूकम्प पीडितले घर बनाउने पहिलो किस्ताको रकम नपाएको भन्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।
हाकु र डाँडागाउका ६ सय ३७ परिवारले सुरक्षित स्थानमा जग्गा माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । तर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने विस्थापित ठाउँमा प्राविधिक जाँच गरी त्यस स्थानमा बस्न नमिल्ने भए मात्र अन्यत्र जग्गा खोजिने बताए ।
प्रतिक्रिया दिनुहोस्