१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


सार्क सम्मेलन स्थगनबारे पाकिस्तानद्वारा नेपाललाई औपचारिक जानकारी


0
Shares

काठमाडौं, असोज १६ । पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन स्थगित गरेको आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ ।

आगामी कात्तिक २४ र २५ गते हुने भनिएको सम्मेलन स्थगित भएको पाकिस्तानले जनाएको हो ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सम्मेलन स्थगित भएकामा चिन्ता व्यक्त गरिएको छ ।

सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कका सदस्य राष्ट्रलाई चाँडोभन्दा चाँडो सम्मेलनको वातावरण बनाउन आग्रह गरेको छ । यस क्षेत्रमा देखापरेको आतङ्कवाद तथा सिमापार आतङ्कलाई नियन्त्रण गरी शान्ति, स्थायित्व कायम गर्न, क्षेत्रीय सहयोग अर्थपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

नेपालले विश्वव्यापी रुपमा आतङ्कवादविरुद्ध भएका गतिविधिप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभित्र कुनै पनि आतङ्कवादलाई प्रश्रय नदिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत असोज २ गते कास्मिरमा तथा त्यस क्षेत्रमा भारतीय सेनामाथि भएको हमला तथा त्यसबाट मारिएका सेनाप्रति नेपालले दुःख व्यक्त गरेको छ । (रासस)