१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


दशैंका लागि आजबाट फेरि टिकट बुकिङ खुल्ला


0
Shares

काठमाडौं, असोज १७ । यातायात व्यवसायी आफूसँग भएका सबै गाडी सञ्चालन गर्न तयार भएका छन् ।

दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुलाई गन्तव्यमा पुर्‍याउन व्यवसायीले सबै गाडीको प्रयोग गर्ने भन्दै आज(सोमबार)बाट फेरि थप टिकट बुकिङ खोल्ने भएका छन् ।

असोज ७ गते खुलाइएको बुकिङ केही दिनमा नै सकियो भनेपछि झण्डै ६ लाख यात्रुले घर जाने नपाउने स्थिति थियो ।

सरकारले नेपाली सेना, प्रहरी, स्कुल कलेजका बस प्रयोग गरेर भएपनि दशैंमा घर जान चाहने सबैलाई घर पुर्‍याउने घोषणा गरेपछि यातायात व्यवसायी फेरि टिकट बुकिङ गर्न तयार भएका हुन् ।

सरकारको घोषणापछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा व्यवसायी बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउन सहमत भएका हुन् ।

यसअघि व्यवसायीले क्षमताभन्दा बढी भार बोक्न पाउनु पर्ने, एकतर्फी इन्धनको व्यवस्था सरकारले गरिदिनु पर्नेलगायतका बखेडा झिकेर व्यवसायीले यात्रु नबोक्ने अडान राखेका थिए ।

यो सहमतिसँगै विद्यालय, सुरक्षा निकाय र अरु बस चलाउने योजना स्थगित गरिएको छ ।