१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


बाढीले लमजुङमा एक घर, सडक बगायो, मनाङतर्फ जाने सवारी–साधन अवरुद्ध


0
Shares

नवीन कुइँकेल (इमेज)
लमजुङ, असोज १७ । आइतबार राति परेको भीषण वर्षासँगै आएको बाढीले लमजुङको बेसीसहरनजिकै एक घर बगाएको छ । बाढीले अरु केही घरहरु जोखिममा परेका छन् ।

पुमा खोलामा आएको बाढीले बेसीसहर–१३, का दलबहादुर तामाङको घर बगाएको हो । दलबहादुरकी पत्नी धनमायाकाअनुसार घरसँगै पसलका सामानहरु पनि बाढीले बगाएको छ ।

बाढीबाट स्थानीय दीपक श्रेष्ठ, पदम गुरुङ र ददीबहादुर गुरुङको घर जोखिममा परेको छ ।

मनाङे–चौतारा र सातबिसेबाट जाने दुबैतर्फ सडक पनि बाढीले बगाएपछि उत्तरी लमजुङ हुँदै मनाङतर्फ जाने सवारी–साधन अवरुद्ध भएका छन् ।