Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिमा विवाद, ब्यानर च्यातियो, कुर्सी फालाफाल


0
Shares

काठमाडौं, असोज १८ । नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिको विवादका कारण सोमबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेको जनाउँदै असन्तुष्ट पक्षले ब्यानर च्यात्नुका साथै कुर्सी फालेका थिए ।

तनाब उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन गर्न पाएनन् ।

समितिका प्रस्तावित अध्यक्ष कार्कीले भने आफूहरुले विधिवत् भेला गरेको र सहमतिमा नयाँ समिति गठन गरिएको जिकिर गरे ।

अघिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष राजन दाहाललाई जानकारी नदिइ कार्यक्रम गरेको जनाउँदै केहीले असन्तुष्टि जनाएका हुन् ।

समितिभित्रको विवादलाई सहमति र परामर्शका आधारमा अन्त्य गर्नुपर्ने पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि रोजन राईले बताए । रासस