Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


प्रमुख दलहरु सत्ताकेन्द्रित भएको कमल थापाको आरोप


0
Shares

काठमाडौं, असोज १८ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताएका छन् ।

विजयादशमीका अवसरमा राप्रपा नेपाल काठमाडौं क्षेत्र नम्बर–५ ले मंगलबार बिहान गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले दलहरुबीचको तिक्तताले संविधान कार्यान्वयनमा चुनौती बढेको बताए ।

प्रमुख दलहरु मुलुकका समस्या समाधानभन्दा सत्ताकेन्द्रित भएको उनको आरोप थियो ।

अध्यक्ष थापाले संविधान जारी भएको एक वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्नु दुःखद् भएको भन्दै यसतर्फ गम्भीर बन्न ठूला दलहरुलाई आग्रह पनि गरे ।