भक्तपुर, असोज १८ । रक्षामन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारको पालामा ल्याइएको सुरक्षा नीति अपुरो रहेको भन्दै परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् ।
रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले सुरक्षा नीतिबारे ब्यापक छलफल आवश्यक रहेको समेत बताए ।
नेपाली भूमि कुनै पनि मुलुक बिरुद्ध प्रयोग गर्न नदिने र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा निकाय सक्षम रहेको उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्