भैरहवा, चैत २१ । सत्तारुढ दल नेकपाका नेता घनश्याम भुसालले एउटै व्यक्तिले पार्टी र सरकार चलाएका कारण पार्टी एकीकरण टुंगिन नसकेको बताएका छन् ।
बिहीबार भैरहवामा सन्चारकर्मीहरुसितको भेटघाटमा उनले ‘पार्टी एकीकरण टुंगोमा पुग्न नसक्नु नालायकीपनको नमुना हो’–भने ।
पार्टी र सरकार एकैजनाले चलाउँदा कसले–कसको मूल्यांकन गर्ने भन्ने प्रश्न आएको भुसालको भनाइ थियो ।
पार्टीलाई थाहा नदिइ गरिने निर्णय र सम्झौताहरु खतरनाक हुने भन्दै उनले सीके राउतलाई मूलधारमा ल्याउने विषयमा पनि पार्टीभित्र छलफल नभएको बताए ।









प्रतिक्रिया दिनुहोस्