३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


चर्चित हलिउड निर्माता हार्वी वाइनस्टिन धरौटीमा रिहा


0
Shares

काठमाडौं, जेठ १२ । बलात्कार र यौन उत्पीडनको आरोप लागेका हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनलाई अदालतले १० लाख डलर धरौटीमा रिहा गरेको छ ।

६६ वर्षीय उनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेलगत्तै प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो । यद्यपी अदालतले उनलाई १० लाख डलर धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीमाथि विभिन्न चर्चित अभिनेत्रीसहित करिब ७० महिलालाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । गत वर्ष यो खुलासा भएलगत्तै हलिउडसहित विश्वभर ‘मी टु’ ह्यासट्यागसहितको अभियान स्वतस्फूर्त चलाइएको थियो । यही ह्यासट्याग राखेर कयौं महिलाले सामाजिक सन्जालमा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेका थिए ।

हार्वी वाइनस्टिन प्रसिद्ध मिराम्याक्स स्टुडिओका सहसंस्थापकसमेत हुन् । अदालतमा अभियोजन पक्षले वाइनस्टिनले युवतीलाई आफ्नो हैसियत र ताकत प्रयोग गरी यौन शोषणका लागि बाध्य पार्ने गरेको आरोप लगाएको छ । यद्यपी, उनले यौन शोषण नगरेको बरु सहमतिमै शारीरिक सम्पर्क राखेको बयान दिएका छन् ।