Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


पूर्वराजा ज्ञानेन्द्र माइस्थान मन्दिरमा २० मिनेट


0
Shares

इलाम, चैत २१ । पूर्वराजा ज्ञानेन्द्र शाह निजी धार्मिक भ्रमणकाक्रममा इलाम आइपुगेका छन् ।

पाँचथरको भ्रमण सकेर बिहीबार इलाम आइपुगेका पूर्वराजा शाहलाई राजावादीहरुले भव्य स्वागत गरे ।

इलामवासीले शाहलाई पुष्पगुच्छा दिनुका साथै झाँकीसमेत प्रस्तुत् गरेका थिए ।

बिहीबार पूर्वराजा शाहले माइस्थान मन्दिरको दर्शन गरी करिब २० मिनेट पूजापाठसमेत गरेका थिए ।

सोक्रममा समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाएका थिए ।