
काठमाडौं, असोज २१ । २० र ५० का नयाँ नोट कोलकाता बन्दरगाहमा अड्किएपछि बजारमा अभाव भएको छ । विदेशमा छापेर कोलकाता ल्याइपुर्याइएका ती नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव भएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
नयाँ नोट अभाव भएकै कारण बिहीबार राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग थापाथली पुगेका सर्वसाधारणले उक्त दरका नयाँ नोट साट्न पाएनन् । घण्टौं लाम लागेका सर्वसाधारणलाई बैंक कर्मचारीले २० र ५० रुपैयाँको नयाँ नोट नभएको जानकारी गराएका थिए ।
२० र ५० दरका नोट बैंकले तीन वर्षअघि मात्रै छापेका थियो । – नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्