५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


विदेशिनुको पीडा बोकेर आयो ‘जालमा फसायौं’


0
Shares

काठमाडौं । धन कमाउने आशमा वैदेशिक रोजगारीमा गएर जीवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत ‘जालमा फसायौ’ सार्वजनिक भएको छ ।

पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुती रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ ।

लोक दोहोरी मार्फत धन कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोटलाई प्रस्तुत गरिएको छ ।

शब्द तथा संगीत प्रभावन जे को रहेको उक्त गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । बिग एचडी परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

नारायण दंगाल र स्वंम गायिका पार्वती कार्कीको अभिनय रहेको जालमा फसायौको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वंयम प्रभावन जे ले गरेका छन् भने कला निर्देशन राजाराम गौतमको रहेको छ ।

गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विषेश मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ ।

जालमा फसायौको पहिलो भाग अहिले सार्वजनिक गरिएको हो भने जालमा फसायौ भाग–२ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए । 

गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युट्युव च्यानलबाट आम दर्शक तथा स्रोता माझ प्रस्तुत गरिएको छ ।