७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


कुन जिल्लामा कति संक्रमित थपिए ?


0
Shares

काठमाडौं, असार ६ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको डोटीमा ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८/१८ तथा पाल्पा र रुपन्देहीमा १७/१७ जना संक्रमित थपिएका छन् ।

यस्तै, बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ/आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात/सात, बारा र दाङमा चार/चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौं, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक/एकजना थपिएका छन् ।

शनिबार ४९ महिला र २८२ पुरुष गरी कुल ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को संक्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०० बढी संक्रमित हुने जिल्लाको संख्या पाँच र १०० भन्दा बढी संक्रमित हुनेको संख्या १६ पुगेको छ ।

कुल ७७ मध्ये ७४ जिल्लामा संक्रमण फैलिएको छ । रसुवा, ओखलढुंगा र मुस्ताङमा संक्रमण देखिएको छैन । रासस