Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


अपडेटः नेपाल बारमा लोकतान्त्रिक समूहको अग्रता, पोखरेल दुई सय २६ मतले अगाडि


0
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेल उपत्यका बाहिरको मतगणना सकिँदासम्म दुई सय २६ मतले अगाडि छन् ।

पोखरेलले १७ सय ८७ मत ल्याउँदा श्रेष्ठको १५ सय ६१ मत रहेको छ । अहिले काठमाडौं उपत्यकाको मतगणना भइरहेको छ ।

यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा दुई सयभन्दा बढी मतले  मत अन्तरले अगाडि छन् ।

केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो ।

एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।