५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


डा. केसीका मागप्रति प्रधानमन्त्री ओली कठोर


0
Shares

काठमाडौं, असार २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन् ।

नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन र उनको जीवनरक्षाका लागि ध्यानाकर्षण गर्न आइतबार बालुवाटार पुगेको नेपाल चिकित्सक संघको टोलीसमक्ष प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले डा. केसीको अनशन र चिकित्सक संघले दिएको हड्तालको चेतावनीको सामना गर्नेसमेत बताए ।

‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’ ओलीलाई उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले भने । –नागरिक दैनिकबाट