Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सुनको भाउ सामान्य बढ्यो


0
Shares

काठमाडौं, कात्तिक २ । पछिल्ला दिन स्थीरजसो रहेको सुनको मूल्य मंगलबार सामान्यदरले उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दसैंअघिदेखि सुनको मूल्य तोलाको ५६ हजार रुपैयाँमा स्थीर रहेको थियो ।

चाँदीको मूल्य भने मंगलबार पनि तोलाको ८ सय १० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६३ डलर हाराहारीमा कारोबार भएको थियो ।