Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


वाणिज्यमन्त्री गौचन र अमेरिकी राजदूतबीच भेटवार्ता


0
Shares

काठमाडौं, कात्तिक २ । वाणिन्यमन्त्री रोमी गौचन थकालीले नेपालका लागि अमेरिकी राजदूत अलायना टेप्लीजसमक्ष नेपालमा लगानी प्रवद्र्धन र अरु सहयोग अभिबृद्धिका लागि आग्रह गरेका छन् ।

टेप्लीज र गौचनबीच मंगलबार वाणिज्य मन्त्रालयमा भएको छलफलकाक्रममा द्विपक्षीय व्यापारमा नेपालको निर्यात सम्भाव्य क्षेत्रमा लगानी बढाउन पहल गर्न आग्रह गरेका हुन् ।

भेटमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी प्रवद्र्धन विकास निर्माणलगायतका विषयमा विस्तृत् छलफल भएको जनाइएको छ ।

राजदूत टेप्लीजले नेपालकाको विकासमा अमेरिकी सहयोगको निरन्तरता रहिरहने भन्दै मन्त्री गौचनको कार्यकालमा द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।