काठमाडौं, कात्तिक २ । उपभोक्ता तथा आपूर्तिसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा समझादारी गर्न चिनियाँ वाणिज्यमन्त्रीको नेतृत्वको प्रतिनिधिमन्डल काठमाडौं आएको छ ।
चीनको उद्योग तथा वाणिज्यसम्बन्धी सार्वजनिक प्रशासनमन्त्री चाङ माओको नेतृत्वमा ४ सदस्यीय टोली मंगलबार काठमाडौं आएको हो ।
उपभोक्ता हितसँग सम्बन्धित विभिन्न सूचनाहरु आदान–प्रदान हेतु नेपाल र चीनबीच समझदारी हुने भएको हो ।
टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आपूर्तिमन्त्री दीपक बोहराले समझदारीबाट चीनले उपभोक्ताको बजार कसरी संरक्षण गरिरहेको छ भन्ने विषयमा सिक्ने अवसर प्राप्त हुने बताए ।
उनले उपभोक्ता तथा आपूर्तिसँग सम्बन्धित अरु विषयमासमेत छलफल हुने जानकारी दिए ।
मन्त्रीसहितको टोली ४ दिनसम्म नेपालमा रहनेछ ।





प्रतिक्रिया दिनुहोस्