२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कक्षा १० को परीक्षा पनिकाले नै लिने


0
Shares

काठमाडौं, कात्तिक ३ । कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ ।

पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको छ ।

शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो ।

तर, बोर्डको केन्द्रीय संरचनाले नै पूर्णता पाउन नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस वर्षका लागि कक्षा दशको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको छ ।

पनिकाले परीक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । परीक्षाका लागि आवेदन फारम र कक्षा नौमा २०७४ को परीक्षाका लागि रजिष्ट्रेसन फारम भरिसकेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट