Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रेमीनजिकै उभिएको आरोपमा युवतीलाई दण्ड (फोटोफिचर)


0
Shares

इन्डोनेसिया, कात्तिक ३ । सार्वजनिकस्थलमा प्रेमीको नजिकै उभिएको आरोपमा इन्डोनेसियामा युवतीलाई दण्डित गरिएको छ ।

बेतको लौरोले २३ पटकसम्म उनलाई हिर्काइएको हो । यसक्रममा पीडाले ती युवती बारम्बार चिच्याएकी थिइन् ।

एक युवतीलाई कयौं स्थानीयको सामुन्ने बेतको लौरोले हिर्काएर दण्ड दिएको तस्वीर सार्वजनिक गरिएको छ । ती युवतीसँगै १३ जनालाई पनि यस्तै आरोपमा दण्ड गरिएको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

दण्डित युवतीको परिचय खुलाइएको छैन । समाचार एजेन्सीहरुका अनुसार २१ देखि ३० वर्ष उमेरसम्मका १३ जनालाई सामाजिक अनुशासन तोडेको आरोपमा यसरी दण्ड दिइएको हो ।

इन्डोनेसियाको आचेह प्रान्तमा इस्लामिक कानुन लगाइएको छ, जहाँ अविवाहित युवा–युवती सार्वजनिक स्थलमा सँगै बस्न नहुने, जुवा–तास खेल्न नपाइने, मदिरा सेवन गर्न नपाइने, समलैंगिक सम्बन्ध राख्न नपाइने जस्ता प्रावधान कडाईका साथ लागू गरिएको छ । (एजेन्सी)