काठमाडौं, कात्तिक ३ । चीनको राज्य प्रशासनका उद्योग र वाणिज्यसम्बन्धी मन्त्री झांग माओले नेपालको विकासका लागि चाहेजति सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले चिनियाँ लगानीे संरक्षणको सुनिश्चिततामा पनि चासो व्यक्त गरेका छन् ।
बुधवार उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भएको भेटवार्तामा चिनियाँ मन्त्री माओले चिनियाँ लगानी र सुरक्षामा चासो व्यक्त गरेका हुन् ।
भेटमा मन्त्री जोशीले नेपाल आर्थिक समृद्धितर्फ लागेकोे भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताएका थिए ।
लगानी संरक्षण गर्न उद्योग मन्त्रालय कानुनीरुपमा प्रत्याभूति दिने तरिकाले अगाडि बढिरहेको जानकारी चिनियाँ मन्त्रीलाई दिएको मन्त्री जोशीले बताए ।





प्रतिक्रिया दिनुहोस्