२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


महाभियोग दर्तासँगै अख्तियार प्रमुख कार्की निलम्बित


0
Shares

काठमाडौं, कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा बुधबार महाभियोग प्रस्ताव दर्ता भएको छ । यससँगै कार्कीको पद निलम्बित भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रस्ताव दर्ता भएको बेहोरा जानकारी पठाएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।

संसदमा महासचिव मनोहरप्रसाद भट्टराईको हस्ताक्षर रहेको पत्रमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको उल्लेख छ ।

महाभियोग प्रस्तावमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थकसहित एकसय ५७ सांसदको हस्ताक्षर छ । –नागरिक दैनिकबाट