२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


अपराधीको निशानामा महिला


0
Shares

काठमाडौं, कात्तिक ४ । बाँके, नौबस्ता–७ पल्लोगाभरकी ५५ वर्षीया देवीसरा विकको मंगलबार घरमै हत्या भयो । प्रहरी अनुसन्धानमा सम्पत्ति हत्याउन आफन्तले नै उनको ज्यान लिएको खुल्दैछ ।

घटनामा घरज्वाई हस्तबहादुर विकको संलग्नता रहेको प्रहरी आशंका छ । छोरी वैदेशिक रोजगारीमा छिन् । पूर्वभारतीय सैनिक पतिको निधनपछि विकले पेन्सन बुझ्दै आएकी थिइन् ।

त्यसअघि कोहलपुर नजिकैको जंगलमा महिलाको शव फेला पर्‍यो । पहिचान खुल्न नसकेकी ती महिलाको बलात्कारपछि हत्या गरिएको प्रहरी आशंका छ ।

असोज २० गते कम्दी ९, छेग्रहवा गाउँकी २८ वर्षीया शान्ति बुढाको सामूहिक बलात्कारपछि वीभत्स हत्या भयो । घटनामा संलग्न आरोपमा ५ जना पक्राउ परेका छन् । अनुसन्धान क्रममा सामूहिक बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बाँकेमा यौन, सम्पत्ति र रुढीवादका कारण महिला हत्याका घटना बढेका छन् । अधिकांश घटना बलात्कारपछि हत्याका छन् । –कान्तिपुर दैनिकबाट