१६ फाल्गुन २०८०, बुधबार | Thu Feb 29 2024


भदौ तेस्रो साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने


0
Shares

काठमाडौं, असार २४ । नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको दाबी गरिएको छ ।

भदौ तेस्रो साता राजधानीमा हुन लागेको फर्निचर तथा फर्निसिङ एक्स्पोबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उक्त दाबी गरिएको हो । फर्निचर तथा फर्निसिङ सम्बन्धी जानकारी दिन र यस क्षेत्रको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले भदौ तेस्रो साता एक्स्पो हुन लागेको हो ।

नेपाल फर्निचर्स तथा फर्निसिङ संघले बर्षेनि गर्दै आएको एक्सपोको अर्को संस्करण आगामी भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

संघले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने उल्लेख गरे ।

नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल यस क्षेत्रमा आत्मनिर्भर हुने बाटोमा रहेको समेत बताए ।

एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने संघले जनाएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनिङ, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले जनाएका छन् ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु¥याउने अपेक्षा आयोजकको छ ।