काठमाडौं, चैत १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा भीषण हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई पार्टीले प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने बताएका छन् ।
मंगलबार बाराको फेटा गाउँपालिका–६, बरैनियाँमा राहत वितरण तथा उद्धारकार्यको अवलोकन गर्न पुगेका दाहालले पार्टीका तर्फबाट मृतक परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मृतक परिवारलाई पाँच लाख दिने निर्णय गरेको र उद्धारकार्य तीव्र बनाउन सरकारलाई पार्टीका तर्फबाट निर्देशन दिइएको उनले बताए ।
अध्यक्ष दाहालले वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत् हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका थिए ।










प्रतिक्रिया दिनुहोस्