Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


सरकार र प्रतिपक्षको भूमिकाप्रति पूर्वराष्ट्रपति डा. यादव असन्तुष्ट


0
Shares

पोखरा, चैत १९ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा सरकार र प्रतिपक्षको भूमिका कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार पोखरामा सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टको कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान वितरण कार्यक्रममा बोल्दै डा. यादवले लोकतन्त्रमा सरकार र प्रतिपक्षको भूमिका महत्वपूर्ण भएपनि सोअनुरुप देश चल्न नसकेको बताए ।

अर्को एक प्रसंगमा डा. यादवले चुरेमा यसैगरी प्राकृतिक दोहन भइरह्यो भने जंगल समाप्त हुने भन्दै जल, जमिन र जंगलको लडाइँ रोकिनुपर्ने बताए ।

कार्यक्रममा कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०७५ बाट अग्रज पत्रकार किशोर नेपाललाई सम्मान गरिएको थियो ।