काठमाडौं, कात्तिक ४ । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयरबजारमा साताको अन्तिम दिन विहीबार भने सामान्य सुधार आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ६ अंकले सकारात्मक रहेर १७ सय ९४ मा पुग्यो ।
कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे । होटल, उत्पादनमूलक र वित्त समूहबाहेक अरु समूह सकारात्मक रहेका हुन् ।
बीमा समूहमा सबैभन्दा उच्च १ सय २७ अंकको बृद्धि आयो । जलविद्युत् समूह पनि २३ अंकले उक्लियो । विकास बैंक, वाणिज्य बैंक र अन्य समूह भने सामान्य अंकले धनात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २६ कम्पनीको पौने ८ लाख बराबर कित्ता शेयर ७० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्