
काठमाडौं, जेठ २९ । नेपाल कम्युनिस्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सरकारको कार्यशैली र बजेटप्रति सन्तुष्ट हुने कुनैपनि आधार नरहेको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले बजेटमार्फत् समग्र राष्ट्र निर्माणको मार्गचित्र अपनाउनुपर्नेमा त्यस्तो महसुस नभएको बताए ।
बजेटले जनतालाई उत्साहित बनाउन नसकेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अमेरिका र उत्तर कोरियाबीच मंगलबार भएको सम्झौता विश्व शान्तिका लागि सकारात्मक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्