Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


आफू विजयी भएमात्र चुनावी नतिजा स्वीकार्ने ट्रम्पको स्पष्टोक्ति


0
Shares

वासिंटन, कात्तिक ५ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको अवस्थामा मात्र चुनाव परिणाम स्वीकार गर्ने बताएका छन् ।

राष्ट्रपतीय उम्मेदवारबीचको अन्तिम टेलिभिजन बहसमा निर्वाचन परिणाम स्वीकार गर्नेबारे मौनता साँधेकोमा आलोचना भइरहँदा उनले यस्तो स्पष्टोक्ति दिएका हुन् ।

ट्रम्पले भने, ‘नतिजा निष्पक्ष भएमा मात्र म स्वीकार गर्दछु, नतिजामाथि प्रश्न उठ्न सक्ने आफूलाई लागेमा चुनाव परिणामलाई लिएर कानुनी चुनौती दिने अधिकार मसँग रहन्छ ।’

टेलिभिजन बहसमा क्रिस वालेसले ट्रम्पलाई सोधेका थिए– ‘यदि हिलारीबाट चुनाव हार्नुभयो भने के तपाई नतिजालाई स्वीकार गर्नुहुन्छ ?’

जवाफमा ट्रम्पले ‘समय आएपछि मात्र यसबारे भन्ने’ बताएका थिए ।

ओहायोमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो भनाइ प्रष्ट्याएका हुन् । उनले आफूविरुद्ध षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । (एजेन्सी)