काठमाडौं, कात्तिक ५ । उद्योग मन्त्री नबिन्द्रराज जोशीले संबिधानले सबै महिलाहरुको हक अधिकार सुनिश्चित गरेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित घरेलु हस्तकला सामानको प्रर्दशनी तथा बिक्री मेलाको उद्घाटन गर्दै उनले संबिधानको सफल कार्यान्वयन पछि मात्रै महिलाहरुको अधिकार पुर्ण रुपमा सुनिश्चित हुने बताए ।
उनले महिलाहरुको व्यक्तित्व बिकास गर्नका लागि बिभिन्न तालिमहरुको आयोजना गर्नुपर्ने बताए ।
उनले उद्यमी महिला व्यवसायी स्वरोजगार बनाउने उद्धेश्यले सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने। पनि बताए ।
महिलाहरुले उत्पादन गरेको घरेलु सामाग्रीलाइ बिदेशमा पु¥याउन सरकारले पहल गर्ने उनको भनाई थियो ।
इमेज गु्रप अफ कम्पनिजकी उपाध्यक्ष इन्दिरा मानन्धरले उद्यमी महिलाहरुको सीप अभिवृद्धिको लागि सरकारले महिला उपयोगि कार्यक्रम ल्याउनु पर्ने बताइन् ।
उनले महिलाहरुले पुरुषको मुख नताकी आफै सक्षम हुनु पर्ने बताइन् ।
कार्यक्रममा सहभागी महिलाहरुले सरकारले सीप र सहुलियतदरमा ऋण उपल्बध गराएमा महिलाहरु बेरोगार भएर बस्नु नपर्ने बताए ।
महिलाहरुले आफैंले उत्पादन गरेका घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ । घरेलु मेला ३ दिन सम्म चल्ने छ ।





प्रतिक्रिया दिनुहोस्