Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


वीरगन्ज भन्सारद्वारा असोजमा ९ अर्ब ५१ करोड राजस्व संकलन


0
Shares

पर्सा, कात्तिक ५ । चालु आर्थिक वर्षको असोजमा वीरगन्ज भन्सार कार्यालयले रु ९ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।

आव २०७३/७४ को असोजमा भन्सारले रु ८ अर्ब ५८ करोड ४१ लाख २५ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो ।

वीरगन्ज नाकाबाट आयात–निर्यात सहज हुँदै गएका कारण लक्ष्यभन्दा करिब ११ प्रशित बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

असोजमा सो नाकाबाट दुईपांग्रे तथा चारपांग्रे बाहनको आयात उल्लेख्य मात्रामा बृद्धि भएको थियो ।

असोजमा भारत तथा तेस्रो मुलुकबाट रु दुई अर्ब ५८ करोड २१ लाखको एक हजार २६८ थान जिप, कार, भ्यान तथा १३ हजार ५७९ थान मोटरसाइकल आयात भएको थियो ।

आयात गरिएका ती बाहनबाटमात्र रु चार अर्ब ६४ करोड ७६ लाख २० हजार राजस्व संकलन गरिएको भन्सारले जनाएको छ ।

बाहनबाट संकलन गरिएको उक्त राजस्व कुल संकलित राजस्वको करिब ४८ प्रतिशत हो । रासस