बीरगन्ज, चैत १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीरगन्ज पुगेर बारा, पर्सामा आइतबार राति गएको हावाहुरीबाट घाइते भएकाहरुसँग भेट गरेका छन् ।
मंगलबार बिहान नारायणी अञ्चल अस्पताल पुगेर देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।
घाइतेहरुको अवस्था बुझेपछि देउवाले उपचारमा अझै चुस्तता आवश्यक रहेको बताए । उनले केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने आवश्यकतासमेत औंल्याए । ‘केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने देखिएको छ, त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु,’ उनले भने ।
उनले प्रभावितहरूलाई सहयोग गर्न सरकारी राहत कोषमा कांग्रेसले २५ लाख दिने निर्णय गरेको केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले जानकारी दिए।









प्रतिक्रिया दिनुहोस्