Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


सेनाको हातमा राष्ट्रपतिको चप्पल !


0
Shares

राजविराज, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै दुई छोरीसहित सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ पुगिन् ।

विहान साढे १० बजे मन्दिरको एउटा द्वारबाट जुत्ता–चप्पल खोलेर राष्ट्रपति, उनका छोरीहरु दर्शनका लागि मन्दिर छिरे । दर्शन गरिसकेर अर्को द्वारबाट बाहिर निस्किए ।

बर्दीमा रहेका सैनिक राष्ट्रपतिलगायत अन्य व्यक्तिहरुको जुत्ता–चप्पल हातमै लिएर एक ठाउँबाट अर्कोबाट ओसार्दा त्यहाँ रहेका सेनाका उच्चअधिकारी मौन देखिन्थे ।

सेनाका दुई जवान(एक महिलासहित) ले राष्ट्रपति भण्डारी, छोरीहरु उषाकिरण र निशाकुसुम, राष्ट्रपतिसँगै रहेकी एमाले नेत्री एवं सांसद रञ्जु झा, राष्ट्रपतिका स्वकीय सचिबलगायतको जुत्ता–चप्पल मन्दिरको प्रवेशद्वारसम्म ओसारेका थिए ।

हजारौंको भिडमा बर्दीधारी सेनाका जवानले यसरी उनीहरुको जुत्ता–चप्पल उठाएर ल्याएको देख्दा त्यहाँ उपस्थित अधिकांशले मुलुकमा गणतन्त्र आए पनि राजतन्त्रात्मक सामन्ती व्यवहार अझै पनि हाबी रहेको टिप्पणी गरेका थिए ।
-नागरिक दैनिकबाट