काठमाडौं, कात्तिक ७ । उद्योग मन्त्रालयले बजार अनुगमनमा जनशक्तिको अभाव भएको जनाएको छ ।
आज सिंहदरवारमा बसेको उद्योग वाणिय तथा उपभोक्ता हित सम्वन्ध समितिको वैठकमा मन्त्रालयले दक्ष जनशक्तिको परिचालन गर्न नसक्दा प्रभावकारी बजार अनुगमन हुन नसकेको जनाएको हो ।
बैठकमा उद्योगमन्त्री दीपक वोहराले अख्तियारले मन्त्रालयका महत्वपूर्ण फाईलहरु कव्जामा लिएका कारण मन्त्रालयले प्रभावकारी रुपमा काम अघि वढाउन नसकेको गुनासो गरे ।
उनले तिहार र छठ जस्ता पर्वमा बजारमा कुनै उपभोग्य वस्तुको अभाव हुन नदिन सरोकारवालाहरुसंग छलफल चलाइरहेको पनि बताए ।
समितिले उपभोक्ताको माग र उपभोग्य वस्तुको सहज आपूर्तीका लागि प्रभावकारी व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।





प्रतिक्रिया दिनुहोस्