Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


शेयरबजार वियरिष ट्रेन्डमा


0
Shares

काठमाडौं, कात्तिक ८ । सोमबार पनि शेयरबजार वियरिष ट्रेन्डमा रह्यो ।

यसदिन पनि बजार परिसूचक नेप्से १३ अंकले झरेर १७ सय ६८ मा आइपुग्यो ।

वित्तबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागेसँगै नेप्से उल्लेख्यदरले झरेको हो ।

बीमा समूह सबैभन्दा उच्च ३८ अंकले ओरालो लाग्यो । होटल समूह पनि २४ अंकले झर्‍यो । वाणिज्य बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले घटे । विकास बैंक र अन्य समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २५ कम्पनीको १० लाख बराबर कित्ता शेयर ९४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।