Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


अबको १०/१२ वर्षभित्रमा युवाहरु रोजगारीका लागि बाहिरिनु पर्दैन : मन्त्री जोशी


0
Shares

रामबाबु खड्का (इमेज)

सर्लाही, कात्तिक ८ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको १० देखि १२ वर्षभित्रमा नेपालका युवाहरु रोजगारीका लागि बाहिरिनु नपरोस् भनेर त्यसको जग बनाउने काममा आफू लागेको दाबी गरेका छन् ।

सर्लाहीको लालबन्दीमा सोमबार नेपाली कांग्रेस लालबन्दीले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री जोशीले यस्तो दाबी गरेका हुन् ।

उद्योगको बलियो जग र लगानीको विश्वासिलो वातावरण सिर्जना गर्ने उद्देश्यले औद्योगिक विकास ऐन, कम्पनी ऐन, वैदेशिक लगानी ऐन ल्याएको उनले बताए ।

आफूले नेपाल औषधि लिमिटेड सन्चालनका लागि काम गरेको बताउदै मन्त्री जोशीले बन्द भएका वीरगन्ज चिनी उद्योग, कृषि सामग्री कम्पनीलगायतका अरु उद्योग सन्चालनका लागि पनि पहल गर्ने बताए ।

मन्त्री जोशीले हरेक विकसित देशको इतिहास हेर्दा युवा जनशक्ति बलियो भएको समयमा देशले फड्को मारेकाले नेपालमा पनि त्यही नीति अपनाउनुपर्ने भन्दै उद्योगमा लगानी गर्नेको लगानी ज्ञारेन्टी गरिने पनि बताए ।