२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


इन्धन ढुवानी सुरक्षा निकायलाई दिने तयारी


0
Shares

काठमाडौं, कात्तिक ९ । सरकारले इन्धन ढुवानीमा सुरक्षा निकायलाई ल्याउने तयारी गरेको छ ।

निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा व्यवसायीसहित सुरक्षा निकायका लोककल्याणकारी संस्थालाई दिन लागेको हो ।

उपत्यकामा पहिलो चरणमा १० पेट्रोल पम्प संचालन गर्न दिने निर्णय गरेको आपूर्ति मन्त्रालयले इन्धन ढुवानीमा सुरक्षा निकायलाई पनि सहभागी गराउन गृहकार्य गरेको छ ।

व्यवसायीले आफ्नो माग पुरा गर्नको लागि इन्धन ढुवानीमा अवरोध गर्ने गरेकोले सुरक्षा निकायलाई दिन लागेको आपूर्तिमन्त्री दिपक बोहराले बताए । –नागरिक दैनिकबाट